बाराको एउटै गाउँपालिकाका ४६ जनामा कोरोना पुष्टि – Kanika Khabar
Monday, December 8Nepali News Portal

बाराको एउटै गाउँपालिकाका ४६ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ५, बारा
बाराको देवताल गाउँपालिकामा आज मात्र ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर कोरोना सङक्रमितको संख्या घटिरहेका बेला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमा सङक्रमण देखिएको हो । एउटै पालिकामा यति धेरै सङ्क्रमित भएपछि जिल्लामा समुदाय स्तरमा पनि संक्रमण फैलिएको आशंका गरिएको छ ।

नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको कोरोना भएको पाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष चन्दन सिंहले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराउनुभएको हो । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

संक्रमित हुनेमा ६ जना वडा अध्यक्ष, तीन जना कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यकर्मी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र ठाकुरले जानकारी दिनुभयो । उनीहरु कसैमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको ठाकुरले बताउनुभयो । उहाका अनुसार संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्