भदौ १ गतेदेखि हवाई उडान हुने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भदौ १ गतेदेखि हवाई उडान हुने

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
बन्दाबन्दीका कारण स्थगन भएको हवाई उडान भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा आउने भएका छन् । आज सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले हवाई सेवा भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो । आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव पेश गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्