नेकपाको स्थायी कमिटी बैठक आज बस्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठक आज बस्ने

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि पनि बोलाइएको छ ।
बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफलपछि कुनै सहमति नभएका कारण आजको बैठक बस्ने वा नबस्ने कुनै टुङ्गो लागेको छैन । शीर्ष नेताहरू बीच हिजो कुनै सम्वादसमेत हुन सकेको छैन । यद्यपी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका नेताहरूबीच छुट्टाछुट्टै छलफल भइरहेका छन् ।
हिजो प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा आफूहरूले पार्टी एकता कायमै राख्नेगरी सहमति गरेर अगाडि बढ्नका लागि सुझाव दिइएको नेकपा स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । गएको असार १० मा सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपा विवाद सेलाउन सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्