काङ्ग्रेस बिपीको बाटोमा छ : देउवा – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस बिपीको बाटोमा छ : देउवा

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोमा रहेको बताएका छन् । उनले भने, ‘संस्थापक नेता बिपीको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहेको छ ।’

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा बीपीप्रति श्रद्धासुमन व्यक्त गर्दै देउवाले लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताएका हुन् ।
नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका बीपीको २०३९ साउन ६ गते निधन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्