लीलाधर वली
दाङ, ६ असोज ।
जमिनको नाममा ४÷५ कट्ठा ऐलानी भए पनि राम्रो उब्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै सिप नै । त्यही भएर घोराही उपमहानगरपालिका–११ हापुर मझेरा टोल निवासी ५५ वर्षीय मिठ्ठु गन्धर्वको अहिले परिवार पाल्ने सारथी बनेको छ, सारङ्गी ।
१४÷१५ वर्षको कलिलो उमेरमै बुवासँगै गाउँघरमा गाउन हिँड्दै गर्दा सारङ्गी बजाउन र गीत गाउन सिकेका मिठ्ठुको चारदशक सारङ्गगीसँगै बितेको छ तर घरको अवस्था भने बद्लिन सकेको छैन । सारङ्गी परिवारको जीविका चलाउने माध्यम भएका कारण अहिले पनि गीत गाउँदै परिवार पाल्न सकेको उनी बताउँछन् । सानै उमेरमा बुवासँग सारँगी बोकेर गाउँघरमा हिड्दै गर्दा गाउन र साङ्गी बजाउन सिकेको भन्दै मिठ्ठु भन्छन्, ‘सानैमा बावुबाजेले गर्दै आएको सारङ्गी बजाउने काम गर्न थालियो, अरू सिप सिक्नतिर ध्यान गएन । अहिले परिवारको जीविका चलाउँने माध्यम यही सारङ्गी बनेको छ ।’
परिवार पाल्नेदेखि पढाउनेलगायतको खर्च गाउँदै जुटाउने गरेका उनले गन्धर्वको पेसा हराउँदै गएको बताउँछन् । करिब चारदशकदेखि सारङ्गीसँगै दाङदेखि झापासम्म गीत गाउँदै पुगिसकेका मिठ्ठु पश्चिम क्षेत्रको तुलनामा गन्धर्वलाई पूर्वतिर सम्मान गर्ने गरेको बताउँछन् । मिठ्ठु सँगसँगै तुलसीपुर–११ निवासी ५२ वर्षीय निमबहादुर गन्धर्व पनि हिड्ने गरेका छन् । दुवै आँखा नदेख्ने निमबहादुरसँगै विगत १५÷१६ वर्षदेखि नेपालको तराई र पहाडका अधिकांश जिल्ला पुगिसकेका मिठ्ठु भन्छन्, ‘नेपालको पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा गाउन जाँदा सम्मान मिल्छ । गन्धर्वलाई घरमा बोलाउने, गीत सुन्ने र सके जतिको पैसा वा अन्नपात दिने गर्नुहुन्छ तर पश्चिम क्षेत्रको कतिपय ठाउँमा मागी खान आएजस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तो बेला मन दुख्छ ।’
समय बदलिएसँगै पछिल्लो समयमा गन्धर्व समुदाय अन्य पेसामा लागेकाले सारङ्गी बजाउन छोडिसकेको मिठ्ठु बताउँछन् । अहिले गन्धर्व समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको र बाउबाले साङ्गी बजाउने सिप सिकाएले आपूmले छोड्न नसकेको बताउँछन् । पुख्र्यौली पेसा छोड्न आफूले छोड्न नचाहेको र समाजको बदलिँदो दृष्टिकोणले धेरै गन्धर्व समुदायका व्यक्तिले पेसा परिवर्तन गरिसकेको बताउँदै मिठ्ठु भन्छन्, ‘पुख्र्याैली पेसा भए पनि गाउँदै हिड्ने मानिसलाई सम्मान नहुने भएकाले धेरैले छोडिसक्नुभएको छ, नयाँ पुस्ता पनि सिक्न इच्छुक छैनन् ।’ परिवारको जीविकोपार्जनसँगै बाउबाजेबाट सिकेको सिप र आफ्नो संस्कार भएकाले आपूmजस्ता केही व्यक्ति अहिले पनि सारङ्गी बजाउने गरेको उनी बताउँछन् ।
दसैँ आउन अब धेरै दिन छैन । दसैँमा बजाइने मालश्री धुन सारङ्गीबाट निस्कन्छ । मालश्री धुन निकाल्न सक्ने गन्धर्व दाङमा औँलामा गन्ने भइसके । त्यसैले चाडपर्वको समयमा पुराना र बुझ्ने व्यक्तिहरूले अहिले पनि दसैँको समयमा मालश्री धुनका लागि बोलाउने गरेको उनी बताउँछन् । अहिले पनि कतिपय परिवारले सारङ्गी र गन्धर्वको महत्वलाई बुझेर चाडपर्वमा बोलाउने गरेको भन्दै मिठ्ठुले भने, ‘अहिले पनि दाङमा कतिपय परिवार हुनुहुन्छ, दसैँको समयमा मालश्री धुन सुन्नका लागि बोलाउँनुहन्छ, बोलाएको ठाउँमा जाने गरेको छु । सारङ्गी र गन्धर्वको महत्वलाई बुझिदिँदा खुसी लाग्छ ।’ पहिले बाजे र बुवाले बजाउदै गर्दा आपूmले पनि मालश्री धुन बजाउन सिकेको उनी बताउँछन् ।
पहिलेदेखिको चिनारु भएको घरमा चाडपर्वको समयमा जाने गरेको भन्दै मिठ्ठु मालश्री धुन बजेपछि गाउँघरमा दसैँ आएको सन्देश हुने गरेको बताउँछन। मालश्री धुन बजाउनेहरू अहिले गन्धर्व टोलमा तीन जना मात्रै भएको भन्दै उनी भन्छन्, ‘अरूले जान्दैनन् । गाउँमा तीन जना मात्र मङ्गल धुन बजाउने छौँ । नयाँ पुस्ताले जान्दैनन् । यो धुन बजाउन सिक्नतर्फ नयाँ पुस्ताको चासो छैन । जसले गर्दा अब पुस्तान्तरणमा चुनौती देखिएको छ ।’ आधुनिक गीतसङ्गीतमा आकर्षण बढ्दा सारङ्गीपछि पर्ला भन्ने पिर थपिएको उनी बताउँछन् ।
सारङ्गीमा पनि ¥याप शैलीमा पश्चिमा भाका गाउन थालेपछि यसको मौलिकता ओझेलमा पर्ने अवस्था देखिएको उनी बताउँछन् । साइनाले दुई भाइ निमबहादुर मिठ्ठु सँगसँगै हिड्ने सारङ्गी बजाएर भएको आम्दानीले दुवैको घर चलाउने गरेको बताउँछन् । दृष्टिविहीन निमबहादुरका तीन भाइ भए पनि कान्छो भारतमा बस्ने र माइलो छुट्टीभिन्न बसेकाले वृद्ध आमाबुवाको हेरचाहका लागि दाजुसँगै गीत गाउँदै हिड्ने गरेको बताउँछन् ।