ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो – Kanika Khabar
Sunday, April 20Nepali News Portal

ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ८० हजार २ सय ५१ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २१ लाख २१ हजार नाघिसकेको छ ।
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पनि कोरोना सङ्क्रमित भएका छन् । उनी बाहेक ब्राजिलका अन्य नागरिकता हेर्ने मन्त्री अनिक्स लोरेञ्जोनी र नव–निर्वाचित शिक्षा मन्त्री मिल्टन रिबेरोमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्