साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने यातायात व्यवसायिको घोषणा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने यातायात व्यवसायिको घोषणा

    मा प्रकाशित

कनिका खबर
साउन ६, काठमाडौं

यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । तर आजको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ । सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु बोक्न पाउने नियम बनाएको छ । साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिन सक्ने पनि भनेको छ ।

लामो दूरीमा सवारी खोल्न पनि यातायात व्यवस्था विभागमार्फत सरकारसँग अनुरोध गर्ने सहमति भएको छ । मौद्रिक नीतिले पनि व्यवसायीलाई पुर्नकर्जा लगायतका सुविधा दिएकाले यातायात चलाउने वातावरण तयार भएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्