दुग्गडको सहयोगको कदम – Kanika Khabar
Saturday, May 2Nepali News Portal

दुग्गडको सहयोगको कदम

    मा प्रकाशित


कनिका संवाददाता
बैशाख १८ दाङ ।
एमभी दुग्गड ग्रुप अन्तर्गत दाङ घोराहीस्थित बिबेक अटो मोबाईल्स प्रालिले सुरक्षाकर्मी र पैदल यात्रीलाई सहयोग गरेको छ । प्रालिले घोराही बजारका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी, लकडाउनका कारण पैदल हिँडेका यात्रु र असहायलाई चाउचाउ, पानी ग्लुकोज, मास्क र स्यानिटाईजर वितरण गरेको हो ।

बिबेक अटो मोबाईल्स प्रालिका दाङ शाखा प्रमुख शरद खनालले लकडाउनका कारण पैदल हिँडेका यात्रु तथा सुरक्षार्थ खटिएका प्रहरीलाई सहयोग गरिएको जानकारी दिए । ‘यो विपदका बेलामा समस्यामा परेका नागरिक तथा सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई सहयोग गर्नु नागरिकको दायित्व हो,’ खनालले भने ‘यही दायित्व बोध गर्दै सानै भए पनि सहयोग गरेका हौँ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्