सप्तकोसी नदीमा बाढी, पानीको बहाव भने केही घट्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

सप्तकोसी नदीमा बाढी, पानीको बहाव भने केही घट्यो

    मा प्रकाशित

कनिका खबर
साउन ६, काठमाडौँ ।
सप्तकोसी नदीमा बिहानबाट बाढी आएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ३६ वटा ढोका खोलिएको छ । आज बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोसी ब्यारेज भएर भएको यो बहाव यो वर्षको सबैभन्दा बढी हो ।
आज दिउँसो देखि भने बहाबमा केही कमि आउन थालेको सुनसरीका साहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले सीआईएनलाइ जानकारी दिनुभयो । सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्