राष्ट्रिय टिमको प्रशिक्षण भदौं १ गतेबाट सञ्चालन गर्न सकिने – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

राष्ट्रिय टिमको प्रशिक्षण भदौं १ गतेबाट सञ्चालन गर्न सकिने

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
कोरोना भाईरसका कारण लामो समयदेखि बन्द रहेको राष्ट्रिय टिमको प्रशिक्षण आगामी भदौं १ गतेबाट सञ्चालन गर्न सकिने भएको छ । मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले हिजो पत्रकार सम्मेलनमा भदौं एकबाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताउनुभयो । तर, स्विमिङ पुल, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भन्दा अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।

सरकारको निर्णयसँगै विश्वकप छनोट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ । सरकारले लकडाउन गरेयता सम्पूर्ण खेलकुद गतिविधि बन्द रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्