महोत्तरीमा एक वर्षमा भएको एक सय ७४ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु – Kanika Khabar
Friday, March 28Nepali News Portal

महोत्तरीमा एक वर्षमा भएको एक सय ७४ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु

    मा प्रकाशित

निकेश खनाल
साउन ७, महोत्तरी
महोत्तरीमा १ वर्षमा भएको १ सय ७४ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ । जसमध्ये ३१ पुरुष, १० महिला र ५ बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ९५ जना गम्भिर घाइते भएका छन् भने ७३ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याङ्कमा उल्लेख छ ।
सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, ट्रक, ट्याक्टर, भ्यान, टेम्पो र सबभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस, रहेको छ । दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाड्नु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु तथा माल सामान बोक्नु देखिएको कार्यालयले जनाएको छ । यसैगरी, दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ५३ जना र २५ वर्षदेखि ४० वर्ष उमेरका १ सय ३२ र ४० बर्ष भन्दा माथी उमेरका २० जना रहेका पनि कार्यालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्