आजदेखि मापासे चेकिङ – Kanika Khabar
Friday, April 19Nepali News Portal

आजदेखि मापासे चेकिङ

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
चैत्र ११ गतेदेखि लकडाउन भएपछि राकिएको मापासे चेकिङ आजबाट सुरु हुने भएको छ । लकडाउन सुरू भएपछि मापसे चेकिङ रोकिएको थियो ।
आजबाट छोटो दुरीका सार्वजनिक यातायात सञ्‍चालनमा आएका छन् । यसअघि कतिपय स्थानमा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आइसकेका थिए ।

प्रायः जिल्लामा आजबाट सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाट मापसे चेकिङ सुरु गर्न लागिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको जनाएको छ । तत्कालै सार्वजनिक यातायातमा भने मापासे चेकिङ हुनेछैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्