लकडाउन अवधिभर २ हजार बढीले आत्महत्या गरेको अनुमान – Kanika Khabar
Friday, April 18Nepali News Portal

लकडाउन अवधिभर २ हजार बढीले आत्महत्या गरेको अनुमान

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।

कोभिड १९को सङ्क्रमण न्यूनीकरण गर्नका लागि चैत्र ११ गतेदेखि भएको बन्दाबन्दीको अवत्रिमा २ हजार जनाले आत्महत्या गरेका छन् । गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म गरिएको लकडाउनमा करिब २ हजार जनाले आत्महत्या गरेको नृपाल प्रहरी तथ्याङ्कले जनाएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कका अनुसार लकडाउनको समयमा चैत ४८३ जना, वैशाखमा ५७८ जना र जेठमा ६७१ जनाले आत्महत्या गरेका छन् ।
असार र साउनमा भएका आत्महत्याको सङ्ख्या जोड्दा २ हजार भन्दा बढीले आत्महत्या गरेको तथ्याङ्क आउने उल्लेख गर्दै मनोचिकित्सक बासुदेव कार्की सरकारले प्राथमिकताका साथ आत्महत्या रोक्न आवश्यक कदम चाल्नुपर्ने बताउँछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्