आज थप एक सय जना कोरोना सङ्क्रमण – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज थप एक सय जना कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा आज एक सय जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयको आजको नियमित कोभिड १९ सम्बन्धी जानकारीका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको संख्या पाँच हजार तीन सय ६८ रहेको छ । यसै अवधिमा दुइ सय सात जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो । यो समेत गरि कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । निको हुनेको सङ्ख्या ७० दशमलब एक प्रतिशत रहेको छ । गत २४ घन्टामा तीन हजार सात सय ७९ परीक्षण भएका छन् । क्वारेन्टाइनमा अब २० हजार आठ सय ४२ जना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्