मर्स्याङदी गाउँपालिका वडा नंम्बर तीनमा पहिरो जाँदा १८ घर पुरिए – Kanika Khabar
Friday, March 28Nepali News Portal

मर्स्याङदी गाउँपालिका वडा नंम्बर तीनमा पहिरो जाँदा १८ घर पुरिए

    मा प्रकाशित

कनिका खबर
साउन ७, लमजुङ ।
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंम्बर तीनमा पहिरो जाँदा १८ घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय जमजुङका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा १८ घर पुरिएका हुन् ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनमा नै सुरक्षित स्थानतर्फ गइसकेका थिए । लमजुङको मस्र्याङ्दी गाउँपालिका तीन, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएका हुन् । जम्मा ७४ घर रहेको गाउँका अरु घरमा पनि केही क्षति पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्