बच्चा जन्माउन नसकेपछि गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्दार – Kanika Khabar
Sunday, April 27Nepali News Portal

बच्चा जन्माउन नसकेपछि गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्दार

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
बाजुराका एक गर्भवती महिलाले स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्माउन नसकेपछि हेलिकप्टरमार्फत् उद्वार गरिएको छ । स्वामीकार्तिक गाउँपालिका वडा नम्बर एक साप्पाटाका २१ वर्षका शर्मिला बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरेर सुर्खेत पु¥याइएको हो ।

पाँच गते साँझ प्रसूतिका लागि साप्पाटा स्वास्थ्य चौकी पुगेका उनलाई २४ घण्टासम्म पनि बच्चा नजन्मेपछि स्वास्थ्य अवस्था जटिल भएपछि उद्धारका लागि खबर आउँदा सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयल मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि उपलब्ध सेवा अन्तर्गत हवाई उद्धार गरिएको इकाइ प्रमुख अन्जु ढुंगानाले सीआइएनलाई जानकारी दिए । उनको पाठेघरको मुख सानो भएकोले बच्चा जन्माउन नसकेकाले उद्दार गरिएको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्