सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन ७, सप्तरी ।
जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि सप्तरी जिल्लाको सदरमुकाममा अनिश्चितकालीन निषेत्राज्ञा जारी गरिएको छ । सरकारले १२० दिन पछि लकडाउन अन्त्य गरे पनि सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । भोलि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
आज बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवारस्थलहरु अनावश्यक आवतजावत, हिँडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ ।

कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृतक वृद्धका परिवारका ५ जना सदस्य, एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्