बिपीको स्मृति दिवसमा दीप प्रज्वलन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बिपीको स्मृति दिवसमा दीप प्रज्वलन

    मा प्रकाशित

निरज गिरी
साउन ७, दाङ ।


नेपाली काङ्ग्रेसका संसथापक नेता बिपी कोइरालाको ३८ औँ स्मृति दिवसको अवसरमा घोराही नगर नेपाल विद्यार्थी संघले आज बुधबार दीप प्रज्वलन कार्यक्रम सम्पन गरेको छ । नेविसंघ घोराही इकाइका सभापति निरज पाण्डेको सभापतित्व तथा दाङ जिल्ला नेपाली काङ्ग्रेसका पूर्व सभापति वीरकेशरी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरुले बिपी मार्गका बारेमा चर्चा गरेका थिए । बिपी कोइरालाले सिद्धान्त नेपाली राजनीतिमा यतिबेला झनै अपरिहार्य रहेका बताएका थिए ।
प्रमुख अतिथि गौतमले भने, ‘बिपीको सिद्धान्त नेपाली राजनीतिमा हरेक बखत संकटमोचनका लागि निर्विकल्प बन्दै आएको छ । पार्टी बिपीको सिद्धान्तमा दृढ भएर बिपी मार्गमा हिँडिरहेको छ, पार्टी सुदृढीकरणका लागि बिपीका सिद्धान्तको कुनै विकल्प छैन ।’
कार्यक्रममा पूर्व जिल्ला सभापति मोहनलाल वली, जिल्ला उपसभापति कमानसिंह भारती, महासमिति सदस्य खगराज पाण्डे, क्षेत्र नं. २ क का क्षेत्रीय सभापति गिरीराज सुवेदी, शिक्षक संघका पूवर्ज केन्द्रीय उपाध्यक्ष गोविन्द न्यौपाने, नेका वडा नं. १५ का सभापति प्रकाश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ इकाइ सदस्य गुरु गौतमले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्