टियु र पियु परीक्षाको तयारीमा जुटे – Kanika Khabar
Thursday, May 15Nepali News Portal

टियु र पियु परीक्षाको तयारीमा जुटे

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
सरकारले गत चैत्र ११ गतेदेखिको लकडाउनको अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय परीक्षाको तयारीमा जुटेका छन् । सरकारले सरकारले भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेपछि रोकिएका परीक्षा मिति धमाधम सार्वजनिक भएका छन ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न शंकायका परीक्षा भदौ पहिलो सातादेखि सुरू गर्ने सूचना सार्वजनिक गरेका छन् ।

त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गते सुचारु गर्ने निर्णय गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले लकडाउनले रोकिएका पूर्वनिर्धारित परीक्षाहरू सम्बन्धित कलेजमै परीक्षा सेन्टर कायम हुने गरी भदौ पहिलो साताबाट सुरू गर्ने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्