बिना सवारी ३ कर्मचारी नियुक्त गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठायो – Kanika Khabar
Friday, April 19Nepali News Portal

बिना सवारी ३ कर्मचारी नियुक्त गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठायो

    मा प्रकाशित

रमन वन
साउन ८, खोटाङ ।
खोटाङको बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्त गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । गाउँपालिकाले सवारी साधनबिनै तीन जना चालकलाई करारमा नियुक्त गरेर वार्षिक पाँच लाख ७६ हजार खर्च गरेको भन्दै महालेखाले प्रश्न उठाएको हो ।
सवारी साधनविनै चालक राखिएको विषयमा छलफल गर्दा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने मोटरसाइकल चलाउनका लागि चालक राखेको जवाफ आएको महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । आफूहरूलाई मोटरसाइकल चलाउन नआउने भएकाले निजी सहायक भनेर चालक राखिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
अधिकांश स्थानीय तहले चार पाङ्ग्रे सवारी साधन खरिद गरे पनि जिल्लाका चार स्थानीय तहले भने अझै पनि ४ पाङ्गे्र सवारी साधन खरिद गर्न नसकेको जानकारी प्राप्त भएको छ । दुई पाङ्गे्र सवारीको भरमा काम चलाइरहेका स्थानीय तहहरूमा बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिका रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्