बाढीले घरटहरा तथा ठूला मेसिन उपकरण बगायो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बाढीले घरटहरा तथा ठूला मेसिन उपकरण बगायो

    मा प्रकाशित

कनिका खबर
साउन ८, नुवाकोट ।
अविरल वर्षासँगै आएको बाढीले नुवाकोटको उत्तरी भेगमा रहेको किस्पाङमा घरटहरा तथा मेशिन उपकरणमा क्षति पु¥याएको छ । विदुरदेखि २० किलोमिटर उत्तर त्रिशूली नदी किनारमा रहेको किस्पाङ गाउँपालिका–५ सिम्लेमा त्रिशूली नदीको बहाव बढ्दा माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको चिनियाँ कामदार बस्दै आएका जस्ता र फलामको रडले बनेका ४ वटा घरटहरा बगाएको छ ।
प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बाढीले लोडर मेसिन एक थान, जेनेरेटर एक थान, पुलिङ मेसिन एक थान, मिक्स्चर मेसिन १ थान र बेलिव्रिज एक थान बगाएको जानकारी दिए । किस्पाङ ५ पैरोबेशीस्थित त्रिशूली–मैलुङ–स्याफ्रूबेसी सडक खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो आई बाटो अवरोध भएको छ ।
प्रहरी चौकी मैलुङको टोलीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशीं सडक आयोजनाको समन्वयमा १ थान लोडर र २ थान एस्काभेटर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उता, बेलकोटगढी नगरपालिका–५ पिप्लेस्थित बलराम लामिछानेको ढुङ्गा माटोले बनेको कच्ची घर कृषि सडक खण्डको भल पसेर पूर्ण रुपमा क्षति भएको छ । अन्य तीन घरमा पनि सामान्य क्षति पुगेको स्थानीयले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्