इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेड वेष्ट ह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा मासुन ग्रीनवुडले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो ।
घरेलु मैदानमा बराबरी खेलेसँगै युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । र, युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । युनाइटेडले ३७ खेलमा ६३ अंक जोडेको छ । युनाइटेडको बराबरीसँगै शीर्ष चारमा रहने टिमको टुंगो अन्तिम खेलबाट तय हुने भएको छ ।
वेष्ट ह्याम भने रेलिगेसनबाट जोगिएको छ । ३८ अंक जोडेको वेष्ट ह्याम १५ औं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्