नियमित कक्षामा उपस्थित हुने विद्यार्थीहरुलाई सियारी गाउँपालिकाले पुरस्कृत गर्यो – Kanika Khabar
Saturday, March 15Nepali News Portal

नियमित कक्षामा उपस्थित हुने विद्यार्थीहरुलाई सियारी गाउँपालिकाले पुरस्कृत गर्यो

    मा प्रकाशित

नरेश चौधरी
रुपन्देही, साउन ८ ।

रुपन्देहीको सियारी गाउँपालिकाले नियमित कक्षा कोठामा उपस्थित हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका समुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

कक्षा ३, ५ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको अयोजना गरी पुरस्कार वितरण गरिएको हो । सवै भन्दा बढी विद्यालयको कक्षा कोठामा हाजिर हुने विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय गरी पुरस्कार वितरण गरिएको छ । जसमा कक्षा ३ मा सबै भन्दा बढी हाजिर हुने प्रथमलाई छ हजार, द्वितीयलाई, पाँच हजार, तृतीयालाई तीन हजार पाँच सय रुपैयाँ नगद प्रदान गरिएको छ । त्यस्तै कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः सात हजार, पाँच हजार पाँच सय, चार हजार र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः आठ हजार, छ हजार, र पाँच हजार रुपैयाँ रकम पुरस्कार स्वरुप प्रदान गरिएको शिक्षा शाखा प्रमुख सुधीर पौडेलले बताए ।

यस खालको पुरस्कार तथा प्रोत्सहनले विद्यार्थीहरुलाई नियमित कक्षा कोठामा उपस्थित गराउन मद्दत पुग्ने तथा शैक्षिक गुणस्तर सुधारमा मद्दत मिल्ने भएकोले विद्यार्थीहरुलाई प्रोत्सहन स्वरुप नगद पुरस्कार वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

यस्तै गाउँपालिका भित्र रहेका धार्मिक बालविकास केन्द्र, सामुदायिक बालविकास केन्द्र र विद्यालयमा रहेका बालविकास केन्द्रहरुलाई खेल्दै पढ्ने सामग्री शैक्षिक, खेलकुद तथा खेलौनाका समान वितरण गरिएको छ । बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन सो सामग्री बुधबार वितरण गरिएको हो ।

गत आर्थिक वर्ष ०७६/७७ मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट प्राप्त भएको ५ लाख रकम बराबरको सामग्री वितरण गरिएको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । यसअघि लकडाउनका कारण सो सामग्री वितरण गर्न बाँकी रहेको थियो र लकडाउन ख्ुलेसँगै सो सामग्री वितरण गरिएको उनले बताए । गाउँपालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले विभिन्न समयमा आर्थिक, भौतिक तथा अन्य सहयोग विभिन्न समयमा गरिरहेको उनको भनाई छ ।

बालबालिकाहरुको स्वास्थ्यका लागि जनप्रतिनिधि आईसकेपछि कुपोषणको दर घटाउन गर्भवती महिलाहरुको परीक्षण तथा आवश्यक पौष्टिक आहार र औषधी निःशुल्क रुपमा वितरण गरिएको समेत उनले बताए ।

उचित वातावरणसँगै विद्यार्थी, अभिभावक, शिक्षक, व्यवास्थापन समिति र गाउँपालिका सबै मिलेर शिक्षाको गुणस्तर सुधारका लागि एक हुनुपर्ने सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङको भनाई छ । सैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखी गाउँपालिकाले विभिन्न कार्य गरिरहेको समेत बताइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्