कोरोना संक्रमितमा नयाँ लक्षण, बिरामीको मुख पनि परीक्षण गर्न माग – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना संक्रमितमा नयाँ लक्षण, बिरामीको मुख पनि परीक्षण गर्न माग

    मा प्रकाशित

एजेन्सी
साउन ८, दाङ ।
विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको ब्यापकता जसरी बढ्दैछ, त्यसरी नै यसका लक्षणहरू पनि थपिंदै गएका छन ।

स्पेनको मेड्रिडस्थित रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका विशेषज्ञहरूले कोरोना संक्रमित बिरामीमा नयाँ लक्षण फेला पारेका छन ।

उनीहरूका अनुसार, मुखभित्र माथिल्लो भागमा घाउ या स–साना रातो रंगका थोप्लाहरू कोरोना भाइरसको लक्षण हुनसक्छ । जामा डर्मेटोलोजी जर्नलमा प्रकाशित शोधपत्रका अनुसार, अनुसन्धानकर्ताहरूले ३० मार्च देखि ८ अप्रिलसम्म २१ जना कोरोना संक्रमित बिरामीहरूमा अध्ययन गरेका थिए ।

४० देखि ६८ बर्ष उमेरका ती कोरोना संक्रमित विरामीहरूमा गरिएको अध्ययनबाट यो नयाँ तथ्यको खुलासा भएको हो । अध्ययनमा सहभागी गराइएका २१ मध्ये ६ जना विरामीको मुखभित्र तालुमा रातो रंगका थोप्लाहरू देखिएका थिए ।

ती थोप्लाहरू नाक हुँदै घाँटीको भित्री भागसम्म फैलिएका थिए । यो नयाँ तथ्यको खुलासा भएसंगै कोरोना संक्रमित विरामीहरूको मुखको पनि परीक्षण गर्न आवश्यक रहेको चिकित्सकहरूले बताएका छन ।

तर अहिले प्रचलित उपचार पद्धतिमा कोरोना संक्रमित विरामीको मुखको परीक्षण गरिँदैन । मुखको भित्री भागमा देखिएको यो लक्षणबाट कोरोना संक्रमण फैलिने गति तीव्र हुने भन्दै यो विषयलाई कुनैपनि शर्तमा नजरअन्दाज गर्न नहुने चिकित्सकहरूले सुझाव दिएका छन ।

यो तथ्यलाई मध्यनजर गर्दै कोरोना संक्रमित विरामीको उपचार प्रोटोलमा नाक, कान, घाँटी ९ईएनटी० विशेषज्ञलाई पनि सहभागी गराउनु पर्ने रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका डा। जुआन जिमेनेज नेतृत्वको टोलीको ठहर छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्