मा प्रकाशित
कनिका खबर
साउन ८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । आज बिहीबार १५६ जनामा कोरोना मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।