निःशुल्क आँखाको परीक्षण – Kanika Khabar
Monday, November 17Nepali News Portal

निःशुल्क आँखाको परीक्षण

    मा प्रकाशित

घोराही, ११ मंसिर ।

घोराही उपमहानगरपालिका–१३ मा एक सय तीन जनालाई निशुल्क चश्मा वितरण गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १३ को व्यवस्थापन तथा नेपाल नेत्रज्योती संघ लमही अस्पतालको प्राविधिक सहयोगमा सोमवार भएको निशुल्क आँखा जाँच कार्यक्रममा आँँखा सम्वन्धी समस्या भएका एक सय तीन जना बिरामीलाई चश्मा वितरण गरिएको हो ।

कार्यक्रममा आँखा परिक्षण गरिएका दुई सय ३१ जनाको आँखा जाँच गरिएको घोराही उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष डुल्लुराम पोख्रेलले जानकारी दिएका छन् । वडा अध्यक्ष पोख्रेलका अनुसार घोराही उपमहानगरपालिका–१३ को कार्यालय कात्तिकेमा भएको स्वास्थ्य शिविरमा एक सय ६१ जना महिला र ७० जना पुरूषको आँखा परिक्षण गरिएको थियो ।

उनीहरुमध्ये २८ जना महिला र २९ जना पुरुष गरेर ५७ जनामा मोतिबिन्दुको समस्या पाइएको थियो । आँखामा मासु पलाएका तथा जटिल समस्याका ७ जनालाई थप उपचारका लागि लमही अस्पताल रिफर गरिएको छ । मोतिबिन्दु भएकालाई निशुल्क रुपमा शल्यक्रिया गरिएको वडा अयक्ष पोख्रेलले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्