मा प्रकाशित
कनिका खबर
साउन ८, दाङ ।
विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा कोरोना सङ्क्रमितको संख्या १२ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४५ हजार नयाँ कोरोना सङ्क्रमितका थपिएका छन् । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमितका हुनेको संख्या १२ लाख ३९ हजार ६ सय ९३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ६ सय ४८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २९ हजार ८ सय ९० पुगेको छ ।