बयानका लागि रविलाई चितवन लगियाे – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

बयानका लागि रविलाई चितवन लगियाे

    मा प्रकाशित

काठमाडौं, १८ मङ्सिर ।

सहकारीको रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ।

सोमबार काठमाडौंमा बयान सकिएपछि उनलई मंगलबार बिहान चितवन लगिएको हो।  चितवन उनको निर्वाचन क्षेत्र पनि हो।

चितवनमा रविलाई पुर्याउँदा समर्थकले नाराबाजी गरेका थिए। नाराबाजीकाबीचमा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो।

अब रविमाथि चितवनमा बयान लिने काम हुनेछ। उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

यसअघि पोखरा, बुटवलमा बयान सकिएपछि काठमाडौंमा बयान बनाइएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्