बाबुराम श्रेष्ठ
साउन ८, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ का करिब २५ रोपनी भन्दा बढी जग्गामा लगाइएको मकैबाली बाँदरले सखाप पारेको छ । रचने, मदले, कउरेनी लगायतका स्थानमा लगाएको मकै बाँदरले सखाप पारेपछि निलकण्ठ नगरपालिका १२ का किसान चिन्तित भएका छन् । यस्तै वडा नम्बर सातस्थित तारुखर्कका १५ रोपनी भन्दा बढी जग्गामा लगाइएको मकैबाली बँदेलले सखाप पारेको छ ।
तारुखर्कका स्थानीय गोकर्ण सिंखडाको मात्र सात रोपनी जग्गामा लगाएको मकै बाली दिनभर बाँदर र रातभर बदेंलले सखाप बनाई दिएको उनले बताए । यस्तै तारुखर्कका मायाँदेवी पोखरेल, दिपक पोखरेल, मेघराज पोखरेल, राजकुमार श्रेष्ठ, हरीकुमार श्रेष्ठ लगायत १५ घरको १० रोपनी भन्दा बढी जग्गामा लगाइएको मकैबाली बदेंल र बाँदरले नष्ट गरेको सिंखडाको भनाइ छ ।
पीडित किसाले कृषि ज्ञान केन्द्र धादिङमा फोन गर्दा फोन नउठाउने र कृषि जोन र वडा कार्यालयमा जानकारी दिँदा कुनै प्रतिक्रिया नदिएको किसानले गुनासो गरेका छन् ।
मा प्रकाशित