पुर्वी नाकाका १८ शसस्त्र प्रहरीलाई कोरोना पुष्टी, सङ्क्रमण समुदायमा फैलिएको आसंंका – Kanika Khabar
Sunday, March 16Nepali News Portal

पुर्वी नाकाका १८ शसस्त्र प्रहरीलाई कोरोना पुष्टी, सङ्क्रमण समुदायमा फैलिएको आसंंका

    मा प्रकाशित

कनिका खबर
साउन ९, झापा
पुर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनु भयो । आजको संख्या सहित मेचीनगरमा कोरोना सङ्क्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै पुराना ५ , आज पुष्टी भएका १८ सहित २३ जना मोरङको गोठगाउँ स्थीत आइशोलेशन उपचार कक्षमा उपचार गराईरहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । पुर्वी नाकामा सुरक्षाको काममा खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना सङ्क्रमण भए पछि समुदायमा कोरोना सङ्क्रमण फैलिएको हुन सक्ने आशंका गरिएको नगरका सामाजिक बिकास समितिका संयोजक बरालले बताउनु भयो । बरालले मेचीनगर बासीलाई थप सर्तक रहन आग्रह समेत गर्नु भएको छ । नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टी भए पछि काकर भिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना सङ्क्रमण पुष्टी भएको यो नै ठुलो संख्या हो । यस अघि नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकै दिन १४ जनामा कोरोना पुष्टी भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्