घरले पुरिदा एक जनाको मृत्यु, पहिरोले ६ घर वगायो – Kanika Khabar
Friday, April 19Nepali News Portal

घरले पुरिदा एक जनाको मृत्यु, पहिरोले ६ घर वगायो

    मा प्रकाशित

कनिका खबर
साउन ९, नुवाकोट
नुवाकोटको पुर्वी भेग वेलकोटगढीमा अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै पहिरो जांदा दुइपीपलमा वस्ती नै वगाएको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको वेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रे पिर्यनडांडामा आज घर लडेर पुरिदा घरधनी ६८ वर्षिय अक्कलवहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । एक्लै वस्दै आउनुभएका तामाङलाइ विहान ३ वजे सुतिरहेका वेला घर लडेर पुरेको थियो । अविरल वर्षासंगै आएको पहिराले वेलकोटगढी नगरपालिका वडा नं. ५ दुइपीपल डवली नजिकै दलित वस्ती वगाएको छ ।

६ घर पुर्ण रुपले वगाएको छ भने अन्य १२ घर जोखिममा रहेको वडाध्यक्ष अनन्तप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिराले कृष्ण वर्देवा, विन्दा वर्देवा, कृष्ण श्रेष्ठ, रामकुमार श्रेष्ठ, पुर्णवहादुर श्रेष्ठ र त्ुलसीदाश श्रेष्ठको घर वगाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्