मेलम्ची घटनाप्रति स्थानीयले गराए सरकारको ध्यानाकर्षण – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

मेलम्ची घटनाप्रति स्थानीयले गराए सरकारको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका खबर
साउन ९, सिन्धुपाल्चोक
मेलम्ची खानेपानी आयोजना भएको घटनाको बारेमा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको बैठकमा घटना बारेकोे वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका हुन् । आगामि दिनमा पनि यस्तो घटना नघट्ने गरि काम गर्न आयोजनालाइ निर्देशन दिएको मेलम्ची खानेपानी बिकास समितिका बोर्ड सदस्य चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

छलफलमा पुर्वमन्त्री शेरबहादुर तामाङ, पुर्व मन्त्री डा.लार्केल लामा प्रदेशसभा सदस्य निमा लामा, ईन्द्रमाया गुरुङ, मेलम्ची नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवति नेपाल लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो । खानेपानी विकास बोर्डका सदस्य, चन्द्र थापा, मन्त्रालय द्वारा गठित अध्ययन कार्यदलका संयोजक एवम् खानेपानी मन्त्रालयका सहसंयोजक रमाकान्त दवाडी एवम् मेलम्ची खानेपानी बिकास समितिका कार्यकारि निर्देसक तिरेश खत्री लगाएतको उपस्थिति रहेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको पानी परिक्षणको क्रममा ड्याम फ्टदा एकजनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । अरु २ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्