सुरक्षा र न्यायको अवस्थाको बारेमा छलफल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सुरक्षा र न्यायको अवस्थाको बारेमा छलफल

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
साउन ९, दाङ ।
राप्ती गाउँपालिकामा सुरक्षा र न्यायको अवस्थाको बारेमा शुक्रवार छलफल गरिएको छ ।
राप्ती गाउँपालिकामा कार्यरत माहुरी होम डि यफ आई डिर ईन्टरनेशनल अलर्टको साझेदारीमा सञ्चालीत सहज परियोजना सल्लाहकार समितिको बैठक मा सो बारेमा छलफल गरिएको हो ।
मानव अधिकार तथा सुरक्षा र न्यायको क्षेत्रमा कार्य गर्दै आएको माहुरी होमले सञ्चालन गरेका पछिल्ला तिन महिनाको समिक्षा समेत गरिएको छ ।
राप्ती गाउँपालिका न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा भएको बैठकले पछिल्लो अवस्थामा राप्ती क्षेत्रमा न्याय र सुरक्षाको बारेमा भए गरेका गतिविधि तथा अवस्याको बारेमा विश्लेषणात्मक छलफल गरेको छ ।
कोभिड १९ को विकराल अवस्थामा संस्थाले गरेका अल्लेखनिय कार्य तथा न्याय र सुरक्षाको विषयमा रेडियो कार्यक्रमको बारेमा समेत छलफल गरि निर्णय गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्