सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन सुर – Kanika Khabar
Friday, April 19Nepali News Portal

सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन सुर

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ ।
चितवनको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न बनाइएको समितिले काम सुरु गरेको छ । यसका लागि वन मन्त्रालयको टोली चितवन गएको छ ।
कुसुमखोला घटना विवादित बनेपछि वन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली छानबिनका लागि बनाइएको थियो । टोलीमा निकुञ्ज विभागका उपसचिव बिमल आचार्य र अधिकृत हेमराज आचार्य पनि रहेका छन् । छानबिन टोलीले सुकुम्वासी बस्ती, निकुञ्जको अतिक्रमित क्षेत्र, घटनाको प्रकृति जस्ता विषयमा अनुसन्धान गरी प्रतिवेदन मन्त्रालयलाई बुझाइनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्