अब लकडाउन उल्लङ्घन गरे संक्रमण रोग ऐन अनुसार कारबाही – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अब लकडाउन उल्लङ्घन गरे संक्रमण रोग ऐन अनुसार कारबाही

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १९ दाङ ।
सरकारले घोषणा गरेको लकडाउन अर्थात बन्दाबन्दीको अहिलेसम्मको अवधिमा एक लाख १५ हजार सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले विभिन्न चरणमा गरी गत चैत ११ गतेदेखि वैशाख २५ गतेसम्म घोषणा गरेको बन्दाबन्दीको अहिलेसम्मको अवधिमा एक लाख १४ हजार सात सय २२ जना सर्वसाधारण र ५२ हजार एक सय १४ सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो । यसअघि बन्दाबन्दी केही खुकुलो भए पनि अहिले भने कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक निरज शाहीले जानकारी दिए ।

अहिलेसम्म नियन्त्रणमा लिएर छोडे पनि अब भने संक्रमण रोग ऐन अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रवक्ता शाहीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी लकडाउन उल्लघन काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरमा भएको छ । प्रवक्ता शाहीका अनुसार काठमाडौ उपत्यकामा मात्र यस अवधिमा ९१ हजार पाँच सय ९८ जना र १६ हजार नौ सय ७२ सवारी साधन नियन्त्रणमा लिइएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी सर्बसाधारण प्रदेश नम्बर एकमा सात हजार तीन सय ७ जना नियन्त्रणमा लिइएको छ भने सबैभन्दा बढी सवारी साधन बागमती प्रदेशमा सात हजार दुई सय ९८ नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार सबैभन्दा कम लकडाउन उल्लघन गर्ने दुई नम्बर प्रदेशमा सात सय नियन्त्रणमा लिइएको छ भने सवारी साधन सबैभन्दा कम कर्णाली प्रदेशमा एक हजार सात सय ६८ नियन्त्रणमा लिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्