देवकीको ‘छुटेका सपनाहरु’ लोकार्पण – Kanika Khabar
Saturday, November 15Nepali News Portal

देवकीको ‘छुटेका सपनाहरु’ लोकार्पण

    मा प्रकाशित

कनिका खबर
साउन १०, सुर्खेत ।


मुक्तककार देवकी तिमिल्सिनाको ‘छुटेका सपनाहरु’ मुक्तक सङ्ग्रहको हिजो शुक्रबार लोकार्पण भएको छ । सुन्दर सुन्दरा स्मृति प्रतिष्ठान हुम्लाका अध्यक्ष डा. दीपेन्द्र रोकायाको अध्यक्षता तथा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा एवम् प्रदेश सभा सचिवालय सचिव जीवराज बुढाथोकीको उपस्थितिमा मुक्तककार तिमिल्सिनाको मुक्तक सङ्ग्रह लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

लोकार्पण कार्यक्रममा मन्त्री रावलले विश्वमा ठूला ठूला परिवर्तनहरु साहित्यको माध्यमबाट भएको प्रसङ्ग उठाउँदै ‘साहित्य लेखनमा जसमा सिर्जनाशक्ति,भाव र चेतना प्रचुर हुन्छ त्यसले केही लेख्न सक्छ र समाजमा केही नयाँ सिर्जना दिन सक्छ जसका कारण समाज गतिशील बन्दै जान्छ । परिवर्तन हुँदै जान्छ । हिजो परिवर्तनका खातिर बन्दुक बोकेर हिडेकी देवकी आज कलममा समाज र सिङ्गो देश बोकेर हिडेकी छिन् । घर, समाज र सिङ्गो देशको कुरीति, कुसंस्कार ,विसंगति र अनैकौं समस्यासँग लड्न देवकीको कलम अझै तिखारियोस् ।’ शुभकामना व्यक्त गरे ।

पुस्तकको समीक्षा वाङ्मय चौतारीका अध्यक्ष एवम् नाट्यकर्मी गणेशभक्त गौतमले गरेका थिए । कर्णाली साहित्य समाजकी सचिव सरस्वती पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले गरेका थिए

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्