पूर्वडीआईजी कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामा सुनुवाई हुने – Kanika Khabar
Monday, December 8Nepali News Portal

पूर्वडीआईजी कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामा सुनुवाई हुने

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ

पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि भोली सुनुवाई हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन भोली पेशीमा चढ्ने सर्वाेच्च अदालतले स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशबाट सुनुवाई हुनेछ ।
पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ । यो मुद्दाको पेशी कुन न्यायाधीशको बेञ्चमा चढ्छ भन्ने भोली बिहान मात्रै टुंगो लाग्ने छ । प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र ईजलास दुवै उहाँले तोक्न भने मिल्दैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्