मेलम्ची सुरुङको गूणस्तरियातामा प्रश्न, सुरुङ भित्र चुहिन्छ पानी – Kanika Khabar
Monday, November 17Nepali News Portal

मेलम्ची सुरुङको गूणस्तरियातामा प्रश्न, सुरुङ भित्र चुहिन्छ पानी

    मा प्रकाशित

कनिका खबर
साउन १०, सिन्धुपाल्चोक
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग भित्रको गेट पानी परीक्षणको सातादिन नपुग्दै फुटेपछि सुरुङको गुणस्तरमाथि प्रश्न उठ्न थालेका छन् । हेर्डवक्सस्थल, अडिटजस्ता संरचना अविरल वर्षातले झनै क्षतिग्रस्त अवस्थामा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिट जोड्ने १७ नम्बर गेट फुटेपछि मुहानस्थल र सुरुङको निरीक्षणमा पुगेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५ सय मिटर भागमा जताततै पानी चुहिएर बाहिर निस्केको देखिएको बताउनुभयो ।

भित्री सुरुङ पनि कमजोर हुनाका साथै गेट मात्रै होइन सुरुङ भत्केकोजस्तो शंकास्पद देखिएले यसबारे गहन अध्ययन हुनु जरुरी रहेको उहाँले बताउनुभयो । काम छोडेर फरार इटालियन ठेकेदार कम्पनी को अपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सिएमसी )ले मापदण्डविपरित अल्कालीको मात्र शून्य दशमलव ६ भन्दा माथिको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको प्राविधिकहरु बताउँछन् । त्यसबेला सिएमसीले मापदण्ड विपरितको सामाग्री प्रयोग गरेर बनाएकोल सुरुङ कमजोर बनेको हुनसक्ने एक प्राविधिकको भनाई छ । इन्जिनियरिङ स्पेसिफिकेशनअुरुप अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तलको सिमेन्ट मात्रै प्रयोग गर्न सकिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्