अरनिको राजमार्गमा सडक भासिने क्रम बढ्यो – Kanika Khabar
Friday, May 1Nepali News Portal

अरनिको राजमार्गमा सडक भासिने क्रम बढ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १०, सिन्धुपाल्चोक
राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभीरमा सडक दुई सय मिटर भास्सिएको छ । भीरमा वर्षौंदेखि एकतर्फी मात्रै ट्रयाक थियो । त्यही ट्रयाक पनि नदीले कटान गरेपछि भास्सिएको हो । यस्तै, बाह्रबिसेनजिकै महभीरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिक रुपमा सडक भासिन थालेको थियो ।

त्यस्तै, जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोसी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ । सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसिनरी वाल, प्लम्ब ढलान, जाली गा¥होजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिँदै जाने क्रम देखिएको हो । सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताउनुभयो । माथिबाट पहिरो, माटोको लेदो र ढुंगा आउँदा सडक अवरुद्ध हुँदै आएको उहाँको भनाइ छ । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको पनि उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्