कपिलवस्तुमा करदाताको संख्या बढ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

कपिलवस्तुमा करदाताको संख्या बढ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १०, कपिलवस्तु
कपिलवस्तुमा एक वर्षको अवधिमा करदाताको संख्या बढेको छ । जिल्लाको कृष्णनगरमा रहेको आन्तरिक राजस्व कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा व्यक्तिगत बाहेक ४ हजार १ सय ७३ जना करदाता बढेको जनाएको छ । एक वर्षको अवधिमा आयकर तर्फ ४ हजार १ सय ७३, मुल्य अभिवृद्धि कर तर्फ १ हजार ४ सय ७७ र अन्तशुल्क तर्फ ६ सय ८ करदाता बढेको कार्यालय प्रमुख पुर्ण न्यौपानेले बताउनुभयो ।

कपिलवस्तु र अर्घाखाँची जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा अहिले सम्म जम्मा आयकर तर्फ २५ हजार ६ सय २६, मुल्य अभिवृद्धि कर तर्फ ३ हजार ९ सय १८, अन्तः शुल्कतर्फ २ हजार ५ सय ७ करदाता रहेको कर अधिकृत गेहेन्द्र प्रसाद गिरीले बताउनुभयो । त्यस्तै गत वर्ष मात्र ८ हजार ४ सय ६९ जनाले व्यक्तिगत पान लिएका छन् । कुल व्यक्तिगत पान लिनेको सख्या २१ हजार ३ सय १३ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्