पहिरोले थुनिएको गोरखाको नौलीखोलाको पानी बग्न थाल्यो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

पहिरोले थुनिएको गोरखाको नौलीखोलाको पानी बग्न थाल्यो

    मा प्रकाशित

कनिका खबर
साउन १०, गोरखा
हिजो रातीदेखि पहिरोले थुनिएको गोरखाको नौलीखोलामा पानी बग्न थालेको छ । गए राति पहिरो खसेर ताल बनेको नौलीखोलामा आज दिउँसोदेखि पानी बग्न थालेको धार्चे गाउँपालिकाका अध्यक्ष शन्त गुरुङ्ले सीआइएनलाइ जानकारी दिनुभयो । धार्चे गाउँपालिका–७ लापु स्थित नौलीखोला राति ११ बजेदेखि थुनिएपछि स्थानीय त्रसित बनेका थिए । लापुस्थित मापुडाँडामा पहिरोसँगै बगेको ठूला ढुङ्गाले नौलीखोला थुनिएको थियो । अझै साविकको अवस्थामा पानी भने बगिसकोको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्