जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान – Kanika Khabar
Friday, March 28Nepali News Portal

जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

    मा प्रकाशित

कनिका खबर
साउन १०, जुम्ला
जुम्लाको एक सरकारी टोलीलाई आज नेपाली सेनाले सलामी दिएर जुम्ला सदरमुकामबाट बिदाइ गरेको छ । बाजुरामा रहेको बडिमालिका भगवती मन्दिरतर्फ प्रस्थान गरेको सरकारी टोलीलाई नेपाली सेनाले सलामी दिएर बिदाइ गरेको हो । तीर्थालु र सुरक्षाकर्मी सहित प्रस्थान गरेको ५ जना बढीको सरकारी टोलीलाई नेपाली सेनाले पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर सम्मानका साथ पठाएको छ । संस्कृतिविद् रमानन्द आचार्यका अनुसार परम्परादेखि नै हरेक वर्षको एकपटक जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । हरेक वर्ष नाग पञ्चमीको दिन तीर्थालु सहित जुम्लाबाट सरकारी टोली बाजुरामा रहेको बडिमालिका भवतीको मन्दिर दर्शनका लागि प्रस्थान गर्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभएको छ । देशव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गृहमन्त्रालयको ५ जना भन्दा बढी नपठाउनु भन्ने आदेश आदेश अनुसार र स्थानीयहरुको आवाजलाइ मध्यनजर गर्दै टोली पठाइएको छ । गएका ५ जनाको कोरोना चेकजाँच गरिएको र रिर्पाेटमा कोरोना नभएको आएको उहाँको भनाइ छ ।

फर्किसके पछि पनि गएका ५ जनाको कोरोना जाँच गराएर मात्र पुजाआजा गर्न दिने निणर्य गरिएको देवकोटाले बताउनु भयो । आज दिउँसो २ बजेतिर नेपाली सेना,नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्वसाधाणले फूलमाला, अबिरसहित पञ्चेबाजाका साथ सरकारी टोलीलाई बिदाइ गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय जुम्लाका खरिदार हरिहर काफ्ललेको नेतृत्वमा प्रस्थान गरेको सरकारी टोली १६ दिनपछि जुम्ला सदरमुकाम आइपुग्ने उहाँले बताउनु भयो । दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तीर्थालुलाई परिक्रमा गराएपछि उक्त सरकारीटोलीलाई बाजुरातर्फ पठाइएको हो । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्