इजराईलमा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री विरुद्ध प्रदर्शन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इजराईलमा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री विरुद्ध प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ
इजराईलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले कोरोना महामारीका लागि कुनै ठोस काम नगरेको आरोप लगाएका छन् । प्रदर्शनकारिले प्रधानमन्त्री नेतन्याहूको राजीनामा पनि मागेका छन् । कोरोना सङ्क्रमण सुरुमा देखिएको बेला प्रधानमन्त्रीको तारिफ गरेका ईजराइली नागरिकले पछिल्लो दिनमा कोरोना महामारी तीव्र गतिमा फैलिँदै गएको भन्दै ठोस रणनीति नअपनाएकोमा प्रधानमन्त्रीको आलोचना गरेका छन् । मुलुकमा महामारी फैलिनबाट रोक्न नसकेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूको घर जाने सबै बाटो पनि बन्द गरिदिएका छन् । ईजराइलमा कोरोना महामारीका कारण १० लाख मानिसहरु बेरोजगार भइसकेको बीबीसीले लेखेको छ । ईजराइलमा पछिल्लो समय दैनिक २ हजारका दरले सङ्क्रमित थपिँदै गएको र हालसम्म कोरोनाका कारण ५९ हजार ४ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ४ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्