स्कारपियोको ठक्करबाट घाइते गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु , अन्य ३ घाइतेको उपचार हुँदै – Kanika Khabar
Thursday, April 18Nepali News Portal

स्कारपियोको ठक्करबाट घाइते गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु , अन्य ३ घाइतेको उपचार हुँदै

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
सिसहनियाँ ११ साउन ।
दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएको छ । लमही( भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पौने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका करिव ५० वर्षिय गाउँ अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षका छोरा निसान चौधरी गम्भीर घाइते भएका थिए । घाइते मध्ये गाउँ अगुवा राजकुमार चौधरीको कोहलपुरमा उपचारका क्रममा गएराती निधन भएको थियो भने आर्का ८ वर्षका बालक निसान चौधरीको बुटवलमा उपचारकै क्रममा रातीनै निधन भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । अन्य ३ जना घाइतेहरूको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरूमा राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षका बालक सृष्टि गुरूङ, २२ वर्षकी आमा गौरी चौधरी र २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार गाडी चालकले मादकपदार्थ सेवन गरि करिव १०० को स्पिडमा कुदाएकोले सो दुर्घटना भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार मृतक गाउँ अगुवा चौधरीलाई सडकबाट घिसारेर नालामा पुर्‍याएको थियोे । नालाबाट स्थानीयले घाइते लाई निकालेर अस्पताल पुर्‍याएका थिए । ठक्कर दिने गाडी नालामा पल्टिएको छ । भने चालकलाई प्रहरी चौकी सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएको छ । घटना पछि स्थानीयले गरेको सडक अवरोध भने राति १२:३० बजे खुलेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्