एकान्त टोल बिकास समितिको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

एकान्त टोल बिकास समितिको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न

    मा प्रकाशित

कनिका खबर
दाङ, साउन ११ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको एकान्त टोल बिकास संस्थाको आठौं बार्षिक साधारणसभा एंव चौथो अधिवेसन आज शनिवार सम्पन्न भएको छ । एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमको सभापतित्व एंव नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्याक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साधारणसभामा बोल्ने बक्ताहरुले गाउँतहको सानो एकाइका ?पमा रहेको टोल बिकास संस्थाको परिचालन गरि सामाजिकको क्षेत्रको बिकासका लागि परिचालन गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय एकान्त टोलको सक्रियतामा भएका बिकास निर्माणका क्रियाकलापको प्रसम्सा गर्दै आगामी दिनमा टोलबस्तिको बिकासका लागि अझ बढी खट्नुपर्नेमा जोड दिएका छन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले स्थानीय सरकारको संसद टोल विकास संस्था रहेको बताएका छन् ।
तीन तहको सरकारको संसद प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवधारणा अनुरुप कार्यान्वयनमा रहे पनि स्थानीय सरकारको काममा माथि प्रश्न गर्ने, सुझाव दिने, टिप्पणी गर्ने र रचनात्मक भुमिकामा उभिने निकाय टोल विकास संस्था रहेको उनले बताए ।

शनिबार घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरस्थित एकान्त टोल विकास संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई उदघाटन गर्दै उपाध्याक्ष पोख्रेलले टोल विकास स्थानीय विकासको प्रमुख आधार भएकोमा जोड दिए ।
उनले भने, स्थानीय सरकारले गर्ने र गरेका कामको बारेमा जवाफ माग गर्ने र सुझाव दिने अधिकार टोल विकास संस्थालाई छ, यसका लागि यहाँहरु टोल विकास संस्थाको तर्फबाट पहल थाल्नुहोला ।

उनले संसदमा सांसदको महत्व भएजस्तै स्थानीय सरकारको काममाथि प्रश्न गर्ने, गुनासो राख्ने र रचनात्मक सुझाव दिने अधिकार टोल विकास संस्थालाई रहेको छ । वरिष्ठ उपाध्यक्ष पोख्रेलले स्थानीय स्तरको विकासको सम्भावनाका बारेमा वृहत छलफल गरी टोलको विकासका लागि पहल गर्न सक्नु पर्ने बताए ।
एकान्त टोल विकास संस्था साझा फुलबारी सरह रहेको उहाको भनाई थियो । अनेकतामा एकताको सुत्रमा बाँधिएर बसेका टोलबासीले आफुभित्रका सम्भावनालाई पहिल्याएर नवीनतम प्रयोगमा लाग्न सक्नु पर्नेमा जोड दिएका छन् ।
यस्तै, कार्यक्रमका विशिष्ठ अतिथि, विकासविद तथा रोटरी क्लव दाङका पूर्व अध्यक्ष तीर्थ पौडेलले विकासको अवधारण सडक कालो पत्रे भएर मात्रे नहुनेमा जोड दिए ।

कार्यक्रममा गणेश समाज सुधार समिति भरतपुरका सचिव निर्मल गौतम, एकान्त टोल बिकास संस्थाका पूर्व अध्यक्षद्धय शुशील आचार्य र लोकराज आचार्य, टोल बिकास संस्थाका सल्लाहकार शिशिर अधिकारी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।

साधारणसभाले एकान्त टोल बिकास संस्थाले गरेका गतिबिधिलाई समेटेर सचिव हेमराज शर्माले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन र र संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले प्रस्तुत गर्नु आर्थिक प्रतिवेदनलाई सर्वसहमतिले पारित गरेको छ । साधारणसभाले टोलका सडक बत्तीलाई नियमित ?पमा बालेर उज्यालो बनाउनका लागि थप पहल गर्ने र सो को थप उचित ब्यवस्थापन गर्नका लागि कार्य समितिलाई जिम्मा दिने लगायतका निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्