बाग्लुङमा पहिरोमा परी दुई जना बेपत्ता, जेसीवी, ट्याक्टर र ट्रिपर पनि पुरिए – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

बाग्लुङमा पहिरोमा परी दुई जना बेपत्ता, जेसीवी, ट्याक्टर र ट्रिपर पनि पुरिए

    मा प्रकाशित

रोशन तिवारी
साउन ११, बाग्लुङ ।
बाग्लुङ नगरपालिका १ निरयघाटमा पहिरोमा परी दुईजना वेपत्ता भएका छन् । पोखरा–बागलुङ राजमार्गमा ढुंगामाटो उठाउँदै गर्दा खसेको पहिरोमा एक जेसीवी, एक ट्याक्टर र एक ट्रिपरसहित दुईजना चालक पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
चालक निर्मल पुन र ट्रिपर चालक रोशन नेपाली वेपत्ता भएका छन् । हिजो साँझ ८ बजे पहिरोमा पुरिएकाहरूको उद्धार हुन सकेको छैन । हिजो रातिसम्म उद्धारको प्रयास भए पनि नसकेपछि आज बिहान पुन खोजी सुरु भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए । प्रहरीका अनु्सार निरन्तर पहिरो खसेकाले उद्धारका लागि कठीनाइ भएको छ । वेपत्ता भएको भनिएका मानिसहरुको मोबाइलमा फोन गर्दा घण्टी बजिरहेको रिजालले बताए । पहिरोमा पुरिएका साधनहरु बागलुङ स्थित ठेकेदार बिमलेश आचार्यको रहेको बुझिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्