मा प्रकाशित
बिकास गुरुङ
साउन ११, तेह्रथुम ।
तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ ले कोरोना संक्रमण भए÷नभएको परीक्षणमा सहज हुने गरी एक घर, एक थर्मोमिटर वितरण गरेको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटबाट वडाबासीलाई ज्वरो आउँदा त्यसको परीक्षण गर्न मिल्ने गरी एक घर, एक थर्मोमिटर र सिटामोलसमेत वितरण गरेको हो । वडामा गठन भएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले ३० चैतमा निर्णय गरी एक घर, एक थर्मोमिटर वितरण गरेको हो ।