पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना सङक्रमण पुष्टि – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना सङक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको जम्मा संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारी गराउने क्रममा जनाएको हो । पछिल्लो २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यससँगै हालसम्म १३ हजार एक सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर १७ हजार नौ सय तीन जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर पाँच हजार चार सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । यसैविच पछिल्लो २४ घण्टामा काठमाडौँमा थप आठ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा तीन–तीन जनामा कोरोना देखिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्