लामो समयको बन्दाबन्दीले बझाङमा उत्पादन भएका तरकारी बिक्री नहुँदा किसान चिन्तित – Kanika Khabar
Thursday, May 21Nepali News Portal

लामो समयको बन्दाबन्दीले बझाङमा उत्पादन भएका तरकारी बिक्री नहुँदा किसान चिन्तित

    मा प्रकाशित

कनिका खबर
साउन ११, बझाङ्
कोरोना सङ्क्रमणका कारण लामो समय बन्दाबन्दी भएपछि बझाङमा उत्पादन भएका तरकारी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । बन्दाबन्दी कारणल एउटै गाउँमा झण्डै साँढे दुई लाख भन्दा बढीको तरकारी कुहिएको छ । बझाङको थलारा गाउँपालिका वडा नं. ६, मानतोलामा तरकारी खेती गर्दै आउनुभएका स्थानीय आनन्द रोकायाले लगाएको तरकारी मध्ये २० क्वीन्टल काक्रा कुहिएको बताउनुभयो ।

दुःख गरेर उत्पादन गरेको तरकारी बिक्री नहुँदा पशु चौपायालाई खुवाउनु परेको रोकाया बताउँनुहुन्छ । बन्दाबन्दी कारण तरकारी बिक्री नहुँदा उहाँले चार महिनाको अवधीमा साँढे दुई लाखको क्षती बेहोर्नुपरेको छ । ६ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका रोकायाले बन्दाबन्दीको समयमा मात्र नभई अन्य समयमा पनि बजारीकरण गर्न समस्या हुने र सिचाइँको उचित व्यवस्था नहुँदा अप्ठ्यारो हुने गरेको गुनासो गर्नुभएको छ । ग्रामिण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा सिचाई पोखरी निर्माण गरिएको भए पनि धाराको पानीले पोखरी भर्नुपर्ने भएकोले सिचाइँमा समस्या हुने गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्