हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार – Kanika Khabar
Friday, May 1Nepali News Portal

हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

    मा प्रकाशित

कनिका खबर
साउन ११, खोटाङ
अधिक रक्तश्राव भएपछि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका एक सुत्केरीलाई हेलीकोप्टर मार्फत उद्धार गरेर काठमाण्डौं ल्याइएको छ । बर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिए पनि रक्तश्राव नरोकिएकाले गाउँपालिकाको वडा नं. पाँच सछितापोखरीका रेनुका वन गिरीलाई आज महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं ल्याइएको हो ।

हिजो सछितापोखरी बर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिनुभएका रेनुकाको अधिक रक्तश्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलीकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राइले जानकारी दिनुभयो । हाल दुई बच्चा र आमाको स्वास्थ्य अवस्थासामान्य रहेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्